काठमाडौं । इजरायली आक्रमणमा इरानी सशस्त्र सैन्य बलको गुप्तचर इकाइ प्रमुख मारिएपछि इरानले नयाँ हवाई हमला गरेको छ । इरानले सोमबार (जुन १६) यो आक्रमण सुरु गरेको बीबीसीले जनाएको छ ।>
इरानले ड्रोन र ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाइएको छ । इजरायली सेनाले इरानको नयाँ मिसाइल आक्रमणमा धेरै ठाउँमा क्षति भएको जनाएको छ ।>
इजरायलको राष्ट्रिय आपत्कालीन सेवा मागेन डेभिड एडमका अनुसार, मध्य इजरायलका चार फरक स्थानमा कम्तीमा तीनजनाको मृत्यु भएको छ । ६७ घाइतेलाई अस्पताल पुर्याइएको छ । कम्तीमा एक महिलाको अवस्था गम्भीर छ । अरू ६ जनाको अवस्था स्थिर छ ।>
इजरायलको अग्निशमन सेवाले भनेको छ, “इरानबाट भएको नयाँ मिसाइल हमलापछि इजरायलका धेरै क्षेत्रमा होमफ्रन्ट कमान्डले खोजी र उद्धार टोली खटाइएका छन् ।”>
अग्निशमन सेवाले अगाडि भनेको छ, ‘‘उद्धारकर्मी तटीय क्षेत्रमा मिसाइल प्रहार भएको भवनतर्फ जाँदै छन् ।”>
इजरायलको राष्ट्रिय आपत्कालीन संस्थाले हाइफा सहरमा तैनाथ गरिएको आफ्नो टोलीको भिडियो सार्वजनिक गरेको छ । त्यसमा धेरै गाडीमा आगो लागेको र विस्फोटले एउटा आवासीय भवनको अगाडिको भाग भत्किएको देखिन्छ ।>
>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन