सुनसरी जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–४ बाट आम जनता पार्टीका तर्फबाट तवरेज आलम अन्सारीले मोबाईल चुनाव चिन्हसहित उम्मेदवारी दर्ता गराएका छन्।>
>
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आलमले सडकमा उठेका जनचाहनालाई अब राज्यको नीति निर्माण गर्ने सर्वोच्च थलो संसदसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे। उनले परिवर्तन, सुशासन र विकासलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाएको बताए।>
>
विगतदेखि पत्रकारिता, शैक्षिक क्षेत्र, सामाजिक सेवा तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका आलम विभिन्न क्षेत्रबीच समन्वयकारी भूमिका निर्वाह गर्दै आएका व्यक्तित्वका रूपमा परिचित छन्। स्थानीय तहमा जनसमस्यालाई नजिकबाट बुझ्ने र समाधानका लागि पहल गर्दै आएका कारण उनी जनमुखी नेतृत्वका रूपमा स्थापित हुँदै आएका छन्।>
>
उम्मेदवारी दर्ता कार्यक्रमका क्रममा आलमले जेन–जी आन्दोलनका ७६ जना शहिदहरूसहित देश र जनताको लागि बलिदान दिने सम्पूर्ण ज्ञात तथा अज्ञात शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। शहिदहरूको त्याग र बलिदानलाई स्मरण गर्दै उनले अधुरा सपना पूरा गर्ने संकल्पसहित राजनीतिक यात्रामा अघि बढेको बताए।>
>
उनले सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ को पहिचान, गौरव, सम्मान र समृद्धिलाई संस्थागत रूपमा अघि बढाउने, साथै जनताका आधारभूत आवश्यकता र अधिकारलाई प्राथमिकतामा राखेर संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।>
>
यस निर्वाचनमा चेतनशील मतदाताहरूले मोबाईल चुनाव चिन्हमा मतदान गरी नयाँ राजनीतिक अभ्यासको थालनी गर्ने विश्वास व्यक्त गर्दै आलमले “जय जनता, जय मोबाईल” भन्ने नारा अघि सारे।>
>
आफू भ्रष्टाचारविरोधी, जनमुखी र विकास केन्द्रित राजनीतिक धारको प्रतिनिधित्व गर्ने विकल्पका रूपमा उम्मेदवारी दिएको उल्लेख गर्दै आलमले जनताको सहभागिता र भरोसाबाटै परिवर्तन सम्भव हुने धारणा राखे।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन