विराटनगर । उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशमा खोरेत रोग नियन्त्रण आयोजना प्रादेशिक निर्देशक समितिको बैठक सफलतापूर्वक सम्पन्न भएको छ। बैठक उद्योग, कृषि तथा सहकारी मन्त्री मा. इस्राईल मन्सुरी ज्यूको अध्यक्षतामा सम्पन्न भएको हो।>
>
बैठकमा मन्त्रालयका सचिव, सम्बन्धित विभागका निर्देशकहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। छलफलका क्रममा खोरेत रोग नियन्त्रणको वर्तमान अवस्था, आगामी कार्ययोजना, अन्तरनिकाय समन्वय र स्रोत व्यवस्थापनका विषयमा विस्तृत विचार–विमर्श गरिएको छ।>
>
मन्त्री मन्सुरी ज्यूले पशुपालन क्षेत्रको सुरक्षा र किसानको जीविकोपार्जनसँग प्रत्यक्ष सम्बन्धित खोरेत रोग नियन्त्रणलाई प्रदेशको प्राथमिक एजेन्डाका रूपमा अघि बढाइने स्पष्ट पार्दै, सबै निकायबीच प्रभावकारी समन्वय र समयमै कार्यक्रम कार्यान्वयनको आवश्यकता औँल्याउनुभयो।>
>
बैठकमा सहभागीहरूले रोग नियन्त्रणलाई थप प्रभावकारी बनाउन रणनीतिक योजना, मैदानस्तरको कार्यान्वयन सुदृढीकरण तथा सम्बन्धित निकायबीच सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेका छन्।>
यस बैठकले कोशी प्रदेशमा खोरेत रोग नियन्त्रणलाई अझ सशक्त र परिणाममुखी बनाउने विश्वास व्यक्त गरिएको छ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन