मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

२ आश्विन २०८२, सोमबार

बजेटले दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको छ : सांसद कार्की

Purwanchal Khabar

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बजेटले दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको बताएका छन् । 

सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै सांसद कार्कीले बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेको बताए ।

उनले उच्च, दिगो एवं फराकिलो आर्थिक वृद्धिदर हासिल गरी गरिबी निवारण, उद्यमशीलता, विकास र सार्वजनिक तथा निजी लगानी विस्तारलाई बजेटले उद्देश्यमा राखेको बताए । 

लक्ष्य र आकांक्षाहरु प्राप्त गर्न त्यति सहज नभएपनि नेपालको राजनीतिमा गहिरो प्रभाव पार्ने दुई ठुला दलले निर्माण गरेको सरकारले ल्याएको बजेट यथार्थमा उभिएका हुनाले जनताका आकांक्षाहरु परिपूर्ति गर्नका निमित्त समयबद्ध र चरणबद्ध हिसाबले अगाडि बढेको सांसद कार्कीको दाबी छ । 

उनले भने, ‘मेरो विचारमा यो बजेटले मुलुकको वर्तमान आर्थिक यथार्थता, जनअपेक्षा र दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको छ । यो बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त छन् भन्ने धारणा म यहाँ राख्न चाहन्छु । बजेटले उद्देश्यमा राखेको छ– उच्च, दिगो एवं फराकिलो आर्थिक वृद्धिदर हासिल गरी गरिबी निवारण गर्ने, उद्यमशीलता, विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने । प्राथमिकतामा बजेटले राखेको छ– उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारको रूपमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणस्तरात्मक सुधार यी कुराहरू लक्ष्य र प्राथमिकताका रूपमा राखेको छ । यी लक्ष्यहरू हाम्रा देशका आकांक्षाहरु हुन् र यिनीहरूलाई प्राप्त गर्न त्यति सहज छैन । नेपालको राजनीतिमा गहिरो प्रभाव पार्ने दुई ठुला दल काँग्रेस र एमालेले निर्माण गरेको यो सरकार जो स्थिरता र विकासका निमित्त अग्रसर छ त्यो सरकारले ल्याएको बजेट यथार्थमा उभिएको हुनाले जनताका आकांक्षाहरुलाई परिपूर्ति गर्नका निमित्त समयबद्ध हिसाबले, चरणबद्ध हिसाबले अगाडि बढेको हुनाले बजेटको समर्थन गर्न चाहन्छु । बजेटले निर्धारण गरेको उद्देश्य र लक्ष्य निर्धारण त्यति सहज छैन । हाम्रो मुलुकको अर्थतन्त्रले भोगेको समस्याहरू यथावत् छन् न्यून आर्थिक वृद्धिदर, उच्च बेरोजगारी, बाह्य घाटा यथावत् छन् । राजश्व असुलीको समस्या यथावत् छ । पुँजीगत खर्च गर्ने कुरा यथावत् छ । यी कुराहरूलाई प्रतिबद्धता मात्र हैन कार्यान्वयन गरेर नदेखाउँदासम्म तबसम्म मुलुक र बजेटले हासिल गर्ने लक्ष्य हो त्यो लक्ष्य प्राप्त गर्न कठिनाइ हुन्छ । त्यसैले अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउँछु कि– अहिलेको बजेट कार्यान्वयनतर्फ अर्थमन्त्री र सरकारको ध्यान जानु जरुरी छ । बजेटलाई परिणाममुखी बनाउन विनियोजन क्षमता, कार्यान्वयन क्षमता र जबाफदेहिता र नीतिगत हस्तक्षेपका निमित्त अर्थमन्त्रीले समयमै मूल्यांकन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । त्यसतर्फ अर्थमन्त्रीको गम्भीर ध्यान जाओस् ।’

उनले बजेटलाई परिणामुखी बनाउन विनियोजन क्षमता, कार्यान्वयन क्षमता र जबाफदेहिता र नीतिगत हस्तक्षेपका निमित्त अर्थमन्त्रीको ध्यानाकर्षण गराए । 

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार