विराटनगर । नेपाल उद्योग परिसंघ (CNI) कोशी प्रदेश तथा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF) कोशी प्रदेशको संयुक्त आयोजनामा सम्पन्न Prototype Pitching Competition – PitchFest को Grand Finale कार्यक्रम कोशी प्रदेशमा युवाउद्यमशीलता प्रवर्द्धनतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा सम्पन्न भएको छ।>
कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय इस्राईल मन्सुरी ज्यू प्रमुख अतिथिको रूपमा सहभागी भई कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।>
उद्घाटन समारोहलाई सम्बोधन गर्दै माननीय मन्त्री मन्सुरी ज्यूले युवामैत्री उद्यमशीलता, नवप्रवर्तन र स्टार्टअप प्रवर्द्धनलाई कोशी प्रदेशको आर्थिक विकासको मेरुदण्डका रूपमा चित्रण गर्नुभयो। उहाँले नवीन सोच, प्रविधिमा आधारित व्यवसाय तथा सिर्जनशील युवाको सक्रिय सहभागिताले प्रदेशको आर्थिक रूपान्तरण सम्भव हुने स्पष्ट पार्नुभयो।>
मन्त्री मन्सुरी ज्यूले प्रदेश सरकार निजी क्षेत्र, उद्योग परिसंघ तथा युवा उद्यमीहरूसँग सहकार्य गर्दै स्टार्टअप इकोसिस्टम सुदृढीकरण, लगानीमैत्री वातावरण निर्माण, सीप विकास तथा रोजगारी सिर्जनामा प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्ता कार्यक्रमहरूले युवालाई स्वरोजगारतर्फ आकर्षित गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने उहाँको भनाइ थियो।>
कार्यक्रममा सहभागी नवप्रवर्तनशील युवा उद्यमीहरूले आफ्ना नवीन प्रोटोटाइप तथा व्यावसायिक अवधारणाहरू प्रस्तुत गरेका थिए, जसले प्रदेशमा नवप्रवर्तन र उद्यमशील सम्भावनाको उज्यालो चित्र प्रस्तुत गरेको थियो।>
कार्यक्रमको सफल आयोजनाका लागि माननीय मन्त्रीज्यूले नेपाल उद्योग परिसंघ कोशी प्रदेश, CNIYEF कोशी प्रदेश, आयोजक टिम, निर्णायकज्यूहरू तथा सहभागी सम्पूर्ण युवा उद्यमीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।>
PitchFest ले नवप्रवर्तनलाई व्यवहारिक व्यवसायमा रूपान्तरण गर्ने प्रभावकारी प्लेटफर्मका रूपमा आफूलाई स्थापित गरेको सहभागीहरूको भनाइ छ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन