भोक्राहा नरसिंह गाउँपालिकाको १९ औँ गाउँसभा अधिवेशन गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद ज्यूको अध्यक्षता तथा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय इस्राईल मन्सुरी ज्यूको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।>
अधिवेशनमा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय रामप्रसाद मेहता ज्यूको विशिष्ट आतिथ्यता रहेको थियो। साथै कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न क्षेत्रका अग्रज महानुभावहरू तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।>
गाउँसभाका क्रममा स्थानीय विकास, सेवा प्रवाह, सुशासन तथा आगामी योजनाहरूबारे महत्वपूर्ण छलफल र निर्णयहरू गरिएको जनाइएको छ।>
यस अवसरमा गाउँपालिकाको तर्फबाट द्वय मन्त्रीज्यूहरूलाई सम्मानपत्र प्रदान गरी विशेष सम्मान व्यक्त गरिएको थियो। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन