इनरुवा । कृषी सहकारी संघ सुनसरीको १४औँ वार्षिक साधारण सभा सोमवार इनरुवामा भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।>
सभाबाट हरिनगरका सुरेश शर्मा अध्यक्ष पदमा चयन भएका छन् भने भोक्राहा–नरसिंहका जमालुद्दिन मन्सुरी उपाध्यक्ष बनेका छन् । त्यसैगरी देवानगञ्जका बौवालाल मेहता सचिव तथा इनरुवाकी निर्मला कोइराला कोषाध्यक्ष पदमा चयन भएकी छन् ।>
नवनिर्वाचित सदस्यहरूमा इटहरीका राजेन्द्र प्रसाद दाहाल र राजदेव चौधरी, इनरुवाकी गितमाला सिंह तथा देवानगञ्जका मनोहर मेहता रहेका छन् ।>
यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा इश्वर प्रसाद चयन भएका छन् भने सदस्यहरूमा ब्रह्मदेव यादव र अन्जुदेवी मेहता चयन भएका छन् ।>
साधारण सभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण तथा भावी कार्ययोजनामाथि विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा वक्ताहरूले कृषकको आर्थिक सशक्तीकरण, सहकारीमार्फत कृषि उत्पादन र बजार व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन