तेहरान– लामो समयपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी सार्वजनिक भएका छन् । इसराइलसँगको युद्ध उत्कर्षमा पुगेपछि बंकरमा कडा सुरक्षामाझ बसेका खामेनीले बिहीबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू सकुशल रहेको सन्देश दिएका हुन् ।>
तर, उक्त सम्बोधन पहिले नै रेकर्ड गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । सम्बोधनको स्थान खुलाइएको छैन । भिडियोमा उनी गाढा रंगको पर्दा अगाडि, इरानी झण्डा र आफ्ना पूर्ववर्ती अयातोल्लाह खोमैनीको तस्वीरबीच बसेका देखिन्छन्।>
युद्ध उत्कर्षमा पुगेका बेला खामेनीको अवस्थाबारे विभिन्न आशंका उठेका थिए । उनी घाइते भएको वा मारिएको हुनसक्ने अडकलबाजी समेत इरानभित्रै चलेको थियो । युद्धविरामपछि समेत लामो समय सार्वजनिक रूपमा नदेखिएपछि सरकारी अधिकारीदेखि सर्वसाधारणसम्म चिन्तित थिए ।>
उनको टेलिभिजन सम्बोधन सार्वजनिक भएपछि इरानी नागरिकहरूले केही हदसम्म राहत महसुस गरेका छन् । यद्यपि उनी अझै प्रत्यक्ष रूपमा सार्वजनिक रूपमा देखिएका छैनन् ।>
>
‘इरानको जित भएको छ’ : खामेनी>
सम्बोधनमा खामेनीले इसराइलविरुद्धको युद्धमा इरान विजयी भएको दाबी गरे । उनले मध्यपूर्वका दुई अमेरिकी सैन्य अड्डामा सफल आक्रमण गरेपछि युद्धको टुंगो लागेको बताए ।>
“हामीले मध्यपूर्वको मुख्य अमेरिकी सैन्य अड्डामा आक्रमण गरेर अमेरिकालाई गतिलो झापड हानेका छौँ,” खामेनीले भने, “यो हाम्रो जितको संकेत हो ।”>
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति पनि तीव्र प्रतिक्रिया जनाए । “ट्रम्पको अभिव्यक्तिले इरान आत्मसमर्पण नगरेसम्म अमेरिकीहरू सन्तुष्ट हुँदैनन् भन्ने स्पष्ट भएको छ,” खामेनीले भने, “तर इरान कहिल्यै आत्मसमर्पण गर्ने छैन ।”>
>
‘अमेरिकी सैन्य अड्डा हाम्रो पहुँचमा’>
खामेनीले अमेरिकाले यदि पुनः आक्रमण गर्ने हो भने मध्यपूर्वमा रहेका उसका महत्त्वपूर्ण केन्द्रहरू इरानको सीधा पहुँचमा पर्ने चेतावनी पनि दिए । “यदि आक्रमण भयो भने यस्तै घटना भविष्यमा पनि दोहोरिन सक्छ,” उनले भने ।>
ट्रम्पले इरानले आणविक कार्यक्रम पुनः सुरु गरे अमेरिकाले आक्रमण गर्ने बताएका छन् । यसै सन्दर्भमा खामेनीले अमेरिकाले फर्दो, नतान्ज र इस्फहानस्थित इरानी परमाणु केन्द्रहरूमा बंकरभेदी बम जिबियु-५७ प्रयोग गरेर आक्रमण गरे पनि ठूला क्षति गर्न नसकेको जिकिर गरे ।>
“अमेरिकाले हाम्रा आणविक केन्द्रहरूमा हमला गर्यो, तर ठोस उपलब्धि हासिल गर्न सकेन,” खामेनीले भने, “ट्रम्पले देखावटी हमला गरे जुन उनको राजनीतिक रुपमा जरूरी थियो ।”>
>
फर्दोमा १२ बंकरभेदी बम खसालियो, तर प्रभाव सीमित>
अमेरिकाले आफ्ना सबैभन्दा शक्तिशाली बंकरभेदी बमहरू GBU-57 फर्दोमा मात्रै १२ वटा खसालेको थियो । ती बमले फर्दो, नतान्ज र इस्फहानस्थित संरचनामा आंशिक क्षति पुर्याएको बताइएको छ । अमेरिकी गुप्तचर निकायको प्रारम्भिक मूल्यांकनमा पनि फर्दोमा थोरै मात्र क्षति भएको उल्लेख थियो, जुन पछि लिक भएको थियो ।>
>
‘अमेरिका प्रत्यक्ष रूपमा नहोमिएको भए इसराइल सकिने थियो’>
सम्बोधनमा खामेनीले युद्धमा अमेरिका प्रत्यक्ष रूपमा संलग्न नभएको भए इसराइल पूर्ण रूपमा ध्वस्त भइसक्ने दाबी गरे । “इसराइली प्रतिरक्षा प्रणालीहरू तोडेर जब इरानले आक्रमण गर्न थाल्यो, इसराइलको रक्षाका लागि अमेरिका युद्धमा होमियो,” उनले भने, “यदि अमेरिका हस्तक्षेप नगरेको भए इसराइल अब रहेन हुने थियो ।”>
>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन