मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

२३ पौष २०८२, बुधवार

स्वास्थ्य चौकीदेखि मन्त्रालयसम्म: डा. इस्राइल मन्सुरीको संघर्ष र सफलताको यात्रा

Purwanchal Khabar

सुनसरी । “समाजसेवी डाक्टर”का रूपमा परिचित प्रदेशसभा सदस्य हाजी डा. इस्राइल मन्सुरी कोशी प्रदेश सरकारमा उद्योग, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन्। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट लोकप्रिय मतसहित निर्वाचित मन्सुरी मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका हुन्।

स्वास्थ्यकर्मीको रूपमा दुई दशकभन्दा बढी समय सेवा गरेका मन्सुरी जनताको नजिकबाट चिनिएका नेता हुन्। स्वास्थ्य क्षेत्र हुँदै समाजसेवा र राजनीतिमा प्रवेश गरेका उनले स्वच्छ छवि र जनमुखी कामका कारण जनताको विश्वास जित्न सफल भएका छन्।

प्रारम्भिक जीवन र शिक्षा

वि.सं. २०३२ साल मंसिर १६ गते सुनसरीको साविक भोक्राहा गाविस–६ (हाल भोक्राहा नरसिंह गाउँपालिका–४) मा जन्मिएका मन्सुरीका बुवा सुलेमान मियाँ र आमा हमिदन खातुन हुन्। बी.ए.सम्म अध्ययन गरेका उनले २०४८ सालमा एसएलसी र २०५१ सालमा अहेव उत्तीर्ण गरी लोकसेवा आयोगमार्फत स्वास्थ्य सेवामा प्रवेश गरेका थिए।

२१ वर्षको स्वास्थ्य सेवा

नेपाल सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत २१ वर्ष ११ महिना सेवा गरेका मन्सुरीले भोजपुर जिल्लामा ४ वर्ष विभिन्न स्वास्थ्य चौकी प्रमुखको जिम्मेवारी सम्हाले। त्यसपछि करिब १८ वर्ष भोक्राहा स्वास्थ्य चौकी प्रमुखका रूपमा काम गरे।

स्वास्थ्य बीमाको सुरुवात भोक्राहाबाट

जनताको सहज स्वास्थ्य पहुँचका लागि मन्सुरीले २०६६ सालमा नेदरल्याण्ड्सस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था करुणा फाउन्डेसनसँग सहकार्य गरी भोक्राहाबाट स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरेका थिए। सो कार्यक्रम विस्तार हुँदै आज नेपाल सरकारद्वारा देशभर लागू भएको छ।

सेवाबाट राजनीतिसम्म

२०७३ सालमा सरकारी सेवाबाट निवृत्त भएपछि मन्सुरी पूर्णरूपमा समाजसेवा र राजनीतिमा सक्रिय भए। नेविसंघ हुँदै नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल मुस्लिम संघ तथा पार्टीको विभिन्न संरचनामा सक्रिय रहँदै आएका उनी प्रदेशसभा सदस्य हुँदै मन्त्री बनेका हुन्।

सहकारी, शिक्षा र समाजसेवा

मन्सुरी भोक्राहा सहकारी समन्वय समितिका अध्यक्ष तथा जिल्ला सहकारी संघका सदस्यसमेत रहिसकेका छन्। सुनसरी सदरमुकामको पुरानो भगवती माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षका रूपमा शिक्षा सुधारमा योगदान दिएको उनी बताउँछन्।

भोक्राहा नरसिंह–६ मा सजिलो कृषि सहकारी सञ्चालन गरी किसानलाई सहुलियत दरमा खाद, मल, बीउ तथा कृषि सामग्री उपलब्ध गराइँदै आएको छ। यस्तै, वडा नं. ७ मा रहेको मदरसा दारुल फुर्कान मन्सुरीकै पहलमा सञ्चालनमा आएको हो, जहाँ विपन्न र अनाथ विद्यार्थीलाई निःशुल्क शिक्षा तथा छात्रावासको सुविधा दिइन्छ।

कृषकका छोरा, कृषककै मन्त्री

आफू पनि कृषक परिवारमा जन्मिएको उल्लेख गर्दै मन्त्री मन्सुरीले कृषकको आवश्यकता र समस्यालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार