काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिसनका साथ आफूमाथि गालीगलौज गरिरहेको बताएका छन् । आज ललितपुरमा ११ औँ विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले कसैप्रति वैरभाव नराखेको बताए । >
आफूमाथि केही तत्त्वहरू मिसनका साथ गालीगलौज गर्न उत्रिरहेको बताउँदै उनले आफूले बुझाउन नसक्दा पनि गाली आइरहेको बताए । गालीको मिसन चलाउनेहरू योगको सङ्गतमा आएको खण्डमा मान्छे बन्ने उनले बताए । >
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म कसैप्रति वैरभाव केही राख्दिन । सधैँ प्रसन्नचित्त हुन्छु । मलाई गाली गरिरहेका हुन्छन् । मिसन छ गाली गर्ने । म बुझ्छु त्यो कुरा । >
प्रधानमन्त्री ओलीले योग मनलाई स्थिर गर्ने कुरा रहेको बताए । उनले राम्रा काममा स्थिर हुनु नै योग भएको जिकिर गरे ।>
>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन