मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

२९ पौष २०८२, मङ्गलबार

विद्यालयभित्रै हिंसा, विद्यार्थी आक्रोशले राजमार्गसम्म तनाव

Purwanchal Khabar
इनरुवा–४ को युनिक एकेडेमीमा चन्दा विवादपछि अभिभावकको कुटपिट, प्रदर्शन र आगजनी

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित युनिक एकेडेमीमा कक्षा १० का विद्यार्थीबीच सुरु भएको सामान्य विवादले उग्र रूप लिँदा विद्यालय परिसरमै आक्रमण, विद्यार्थी आन्दोलन र राजमार्ग अवरुद्धको अवस्था सिर्जना भएको छ।

मङ्गलबार बिहान सरस्वती पूजाका लागि उठाइएको चन्दाको विषयलाई लिएर कक्षा १० मा अध्ययनरत विद्यार्थीबीच विवाद भएको थियो। विवादकै क्रममा आफ्ना छोरालाई कुटपिट गरिएको दाबी गर्दै इनरुवा–४ का ४२ वर्षीय लालदेव ठाकुर विद्यालय पुगेका थिए। आफू सशस्त्र प्रहरी भएको परिचय दिँदै ठाकुरले कक्षा १० का सौरम मेहता, सन्दीप मेहता लगायतका विद्यार्थीमाथि कुटपिट गरेको आरोप लागेको छ।

आफ्ना छोरालाई सोही कक्षाका विद्यार्थीले चन्दाको विषयमा कुटपिट गरेको भन्दै ठाकुरले विद्यालयभित्रै विद्यार्थीमाथि हातपात गरेको दाबी गरिएको छ। घटनापछि आक्रोशित विद्यार्थीहरूले ठाकुरविरुद्ध नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरी अगाडि धर्ना दिएका थिए।

प्रदर्शनकै क्रममा ठाकुरको प्रदेश नम्बर १–०२–००४९ प ५९९४ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको छ। विद्यार्थी आन्दोलनका कारण केही समय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो भने प्रहरी कार्यालय परिसरमा समेत तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनामा संलग्नमाथि छानबिन र कारबाही प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि सडक सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार आरोपित सशस्त्र प्रहरीको परिचर पदमा कार्यरत लालदेव ठाकुरसहित पाँच जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरिएको छ।

घटनाले विद्यालयको शान्त वातावरणमा गम्भीर प्रश्न उठाएको भन्दै अभिभावक र सरोकारवालाहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार