काठमाडाैँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा हालसम्म २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिहरू सहभागी भएका छन्। आइतबार राति ९ बजेसम्म प्रतिनिधिहरूले आफ्नो नाम दर्ता गराएका हुन्।>
महाधिवेशनको उद्घाटनसत्र सम्पन्न भइसकेको छ भने बन्दसत्र सोमबार बिहान १० बजेदेखि सुरु हुने छ। कांग्रेस नेता युवराज पाण्डेयका अनुसार हालसम्म कुल प्रतिनिधिमध्ये ५६.१२ प्रतिशतको सहभागिता रहेको छ।>
प्रदेशगत सहभागिता विवरण अनुसार मधेश प्रदेशबाट सबैभन्दा बढी ४४६ जना प्रतिनिधि सहभागी भएका छन्। त्यसपछि कोशी प्रदेशबाट ४२५, बागमतीबाट ४३२, लुम्बिनीबाट ३९८, गण्डकीबाट २९६, सुदूरपश्चिमबाट १५८ र कर्णालीबाट १३४ जना प्रतिनिधि सहभागी भएका छन्।>
त्यस्तै, काठमाडौं उपत्यकाबाट १७८ जना प्रतिनिधि उपस्थित भएका छन् भने भ्रातृ संगठन, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट १ सय ९५ जना प्रतिनिधिको सहभागिता रहेको छ।>
देशभर नेपाली कांग्रेसका कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्। तीमध्ये हालसम्म २ हजार ६ सय ६२ जनाले सहभागिता जनाइसकेका हुन्। प्रतिनिधिहरूको नाम दर्ता तथा सहभागिता क्रम अझै जारी रहेको एक नेताले जानकारी दिएका छन्।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन