कोशी प्रदेश, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको समानुपातिक सांसद सूचीप्रति कोशी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङले असन्तुष्टि व्यक्त गरेकी छन्।>
>
तामाङले पार्टीको सूची तयार गर्दा कोशी प्रदेशको भौगोलिक र जातीय विविधता पर्याप्त रूपमा समेटिन नसकेको गुनासो गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत सूचीमा केही योग्य व्यक्तिहरूको नाम नपरेको भन्दै प्रश्न उठाएकी छन्।>
>
उनले सूचीमा शोभा कार्की, सत्यकला राई, मीरा लाबुङ जस्ता व्यक्तिहरूको नाम नपर्नु दुःखद भएको टिप्पणी गर्दै, यस्तो निर्णयले प्रदेशको सन्तुलित प्रतिनिधित्वमा असर पार्न सक्ने चेतावनी दिएकी छन्।>
>
गोमा तामाङका अनुसार, प्रदेशको हरेक क्षेत्र र समुदायको उचित सहभागिता सुनिश्चित नगरी बनाइएको सूचीले पार्टीको विश्वास र समर्थनमा असर पार्न सक्छ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन