काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाले इजरायललाई ठुलो सहयोग गरेको बताएका छन् । बिहीबार इरानी आक्रमणबाट प्रभावित सोरोका अस्पताल बाहिर पत्रकारसँग कुरा गर्दै अमेरिका इजरायललाई ठुलो सहयोग गरिरहेको बताएका हुन् ।>
द गार्जियनलाई उद्धृत गर्दै एनबीसी न्यूजले प्रकाशित गरेको समाचार अनुसार नेतन्याहुले भने, “अमेरिका पहिले नै धेरै सहयोग गरिरहेको छ, किनभने उनीहरूले इजरायल र यसको सहरहरूको आकाशको रक्षा गर्नमा भाग लिइरहेका छन्।”>
साथै नेतान्याहुले अमेरिकी राष्ट्रपतिसँग दैनिक संवाद हुने गरेको समेत बताएका छन् । उनले थपे, “राष्ट्रपति ट्रम्पसँग मेरो दैनिक संवाद हुन्छ र हाम्रो साझेदारी अविश्वसनीय छ।”>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन