मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

३ आश्विन २०८२, मङ्गलबार

उपकुलपति छनोट : खुला प्रतिस्पर्धा कि सोझै सिफारिस ?

Purwanchal Khabar
उपकुलपति बन्नका लागि यसअघि पटक–पटक जिम्मेवारीमा पुगिसकेका व्यक्तिहरूदेखि नयाँ आकाङ्क्षीहरूसम्मले शिक्षा मन्त्रालय र प्रधानमन्त्री निवासमा दौडधुप बढाएका छन् ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति पद रिक्त भएको तीन महिना बितिसक्दा पनि नयाँ नियुक्तिको प्रक्रियाले गति लिन सकेको छैन । 

नयाँ उपकुलपति छनोट तथा सिफारिस गर्न गठित समिति आफैँ प्रक्रियागत अलमलमा फसेपछि नियुक्तिमा थप ढिलाइ हुने देखिएको छ ।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ६ गते सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय ‘उपकुलपति छनोट सिफारिस समिति’ गठन गरेका थिए । 

समिति गठन भएको एक महिनाभन्दा बढी भइसक्दा यसको कामकारबाही भने सुस्त छ । समितिका संयोजक, मन्त्री पन्तले शिक्षा मन्त्रालयमा सचिव हेरफेर भएकाले प्रक्रियामा केही ढिलाइ भएको स्वीकार गरेका छन् । 

सचिव चूडामणि पौडेलको सरुवापछि समितिले एक पटक मात्र बैठक बसेको छ, जसमा सामान्य छलफलबाहेक ठोस प्रगति हुन सकेन । समितिको सुस्तताको अर्को कारण सदस्य तथा राष्ट्रिय योजना आयोगकी सदस्य (शिक्षा) गीताकुमारी पौडेलको विदेश भ्रमण हो, जसले गर्दा थप छलफल अघि बढ्न पाएको छैन ।

समितिको ढिलाइको मुख्य कारण उपकुलपति छनोटको प्रक्रियामाथिको अलमल हो । समितिले खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गर्ने वा सोझै केही व्यक्तिको नाम कुलपतिसमक्ष सिफारिस गर्ने भन्ने विषयमा निर्णय लिन सकेको छैन । 

शिक्षामन्त्री पन्त र प्रधानमन्त्री ओली दुवै यसपटक खुला प्रतिस्पर्धाको झन्झटिलो प्रक्रियामा नजाने मनस्थितिमा देखिन्छन् । मन्त्री पन्तले सार्वजनिक रूपमा नभने पनि अनौपचारिक कुराकानीमा त्रिविको नियमअनुसार नै छिटो र सरल प्रक्रियाबाट नियुक्ति गर्नुपर्ने बताउँदै आएका छन् । 

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ मा उपकुलपतिको नियुक्तिका लागि सहकुलपतिको अध्यक्षतामा समिति गठन हुने र सोही समितिको सिफारिसमा कुलपतिले नियुक्ति गर्ने व्यवस्था छ । उक्त दफामा भनिएको छ– ‘विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि सिफारिस पेस गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा सभाका दुई जना सदस्यहरू रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिसमा कुलपतिबाट उपकुलपति नियुक्ति हुनेछ ।’ 

यही कानुनी व्यवस्थाअनुसार समितिले सोझै नाम सिफारिस गर्न सक्ने अधिकार राख्छ ।

शिक्षामन्त्री पन्त र प्रधानमन्त्री ओली दुवै यसपटक खुला प्रतिस्पर्धाको झन्झटिलो प्रक्रियामा नजाने मनस्थितिमा देखिन्छन् । मन्त्री पन्तले सार्वजनिक रूपमा नभने पनि अनौपचारिक कुराकानीमा त्रिविको नियमअनुसार नै छिटो र सरल प्रक्रियाबाट नियुक्ति गर्नुपर्ने बताउँदै आएका छन् । 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पनि यसअघिको जस्तो ‘मेरिटोक्रेसी’को नाममा अनावश्यक प्रक्रिया लम्ब्याउने पक्षमा प्रधानमन्त्री छैनन् । स्रोतका अनुसार सर्च कमिटीले सीधै तीन जनाको नाम सिफारिस गर्छ, त्रिविको नियमअनुसार नै हुन्छ ।

यसअघिको नियुक्ति प्रक्रिया भने फरक थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले योग्यता प्रणाली (मेरिटोक्रेसी) को आधारमा कार्यविधि बनाएर खुला प्रतिस्पर्धा गराएकी थिइन् । 

सोही प्रक्रियाबाट तीन जनाको नाम सिफारिस भए पनि कुलपति प्रचण्डले २०८० फागुन १० गते दोस्रो नम्बरमा रहेका प्राडा केशरजंग बराललाई उपकुलपति नियुक्त गरेका थिए । 

पहिलो नम्बरमा रहेकालाई छाडेर दोस्रो नम्बरका उम्मेदवारलाई नियुक्त गरिएपछि यो प्रक्रिया नाम मात्रको भएको भन्दै चर्को आलोचना भएको थियो । विशेषगरी नेकपा (एमाले) निकट विद्यार्थी तथा नेताहरूले यसको विरोध गरेका थिए ।

नियुक्त भएको १३ महिनामै गत चैत १५ गते बरालले राजीनामा दिएपछि त्रिवि पुनः नेतृत्वविहीन बनेको हो । 

हाल तत्कालीन रेक्टर प्राडा खड्क केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको छ । बरालको राजीनामापछि सुरु भएको नयाँ उपकुलपतिको खोजी प्रक्रियामै अल्झिएको छ ।

एकातिर समिति प्रक्रियामै अलमलिएको छ भने अर्कातिर आकाङ्क्षीहरूको दौडधुप र राजनीतिक लबिइङ तीव्र बनेको छ । 

उपकुलपति बन्नका लागि यसअघि पटक–पटक जिम्मेवारीमा पुगिसकेका व्यक्तिहरूदेखि नयाँ आकाङ्क्षीहरूसम्मले शिक्षा मन्त्रालय र प्रधानमन्त्री निवासमा दौडधुप बढाएका छन् । 

शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार दैनिकजसो आकाङ्क्षीहरू आफ्नो योग्यता र योजना सुनाउन मन्त्रालय आउने गरेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) निकट प्राध्यापकहरू यो दौडमा अग्र पङ्क्तिमा छन् । 

उनीहरूले आ–आफ्नो पार्टीका शीर्ष नेताहरूमार्फत भनसुन र लबिङलाई तीव्रता दिएका छन् । सर्च कमिटीले असारभित्रै नयाँ उपकुलपतिको नाम सिफारिस गर्ने बताए पनि प्रक्रियागत विवाद र राजनीतिक दाउपेचले गर्दा तोकिएको समयमा नियुक्ति हुनेमा भने अझै अनिश्चित छ । 

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार