भोक्राहा नरसिंह गाउँपालिका–४ मा अवस्थित जामिअतुल मुहसिनात को आयोजनामा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय इस्राईल मन्सुरीज्यूलाई औपचारिक रूपमा भव्य स्वागत तथा सम्मान गरिएको छ।>
सम्मान कार्यक्रममा संस्थाले मन्त्रीज्यूको गरिमामय उपस्थितिलाई उच्च सम्मानका साथ स्मरण गर्दै उहाँले सार्वजनिक सेवा, सक्षम नेतृत्व र क्षेत्रीय विकासका लागि पुर्याउँदै आउनुभएको उल्लेखनीय योगदानको खुलेर प्रशंसा गरेको थियो।>
उक्त अवसरमा मन्त्री मन्सुरीज्यूले शिक्षा, सामाजिक एकता, सहकार्य र विकासमा सबैको साझा भूमिकाको आवश्यकता औँल्याउँदै यस्ता संस्थागत प्रयासले समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गर्नुभएको थियो।>
कार्यक्रमले आपसी सद्भाव, सहकार्य र विकासप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको आयोजक संस्थाले जनाएको छ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन