मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

६ आश्विन २०८२, शुक्रबार

बजेट पैतृक सम्पत्तिजस्तो गरी वितरण गरियाे : प्रभु साह

Purwanchal Khabar

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले सरकारले बजेट पैतृक सम्पत्तिजस्तो गरी वितरण गरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले विनियोजित बजेटप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले जनताको पसिनाबाट तिरिएको करलाई समान रूपमा विनियोजन नगरिएको भन्दै आपत्ति जनाए ।

‘आज सरकारी बजेट निजीजस्तो भएको छ । जनताले तिरेको कर पसिना हो कि नेताज्यूहरूको पैतृक सम्पत्ति हो भन्ने प्रश्न खडा भएको छ । जसरी पैतृक सम्पत्तिलाई परिवारको सदस्यहरूले भागबन्डा गर्छन्, त्यसैगरी नेताज्यूहरूले भागबन्डा गरेर दुरुपयोग गरिरहेका छन् । किन समान वितरण भएन ? अहिले सबै मन्त्रालयको हेर्ने हो भने त्यही हालत छ,’– उनले भने ।नेता साहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट विनियोजनप्रति असन्तुष्टि व्यक्त गरे । उनले भौतिक मन्त्रालयको विनियोजित रकम एक खर्ब ५१ अर्ब रहेको र त्यसलाई १६५ निर्वाचन क्षेत्रमा बाँड्दा ९१ करोडभन्दा एक निर्वाचन क्षेत्रले पाउने बताए । यसरी बजेट पाउने हक ती क्षेत्रका जनतालाई हुने उनको भनाइ छ । ‘मेरो क्षेत्रको त्यो हक होला नि ? सबै क्षेत्रका जनताको त्यो समान हक होला नि ? किन परेन ? के त्यो क्षेत्रमा सडक आवश्यक छैन ?’ प्रश्न गर्दै उनले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले तिरेको राजश्व फिर्ता गर्न सुझाव दिए । जनताको प्रधानमन्त्री बन्नेहरूले यो हदसम्मको बेइमानी गर्न नहुने उनको भनाइ छ । ‘थोरै पनि लाज लाग्छ प्रधानमन्त्रीलाई भने त्यहाँको जनताको राजश्व फिर्ता गर्नुस् । त्यहाँको जनताको तपाईँ प्रधानमन्त्री होइन । त्यहाँको मन्त्री पनि होइन । यदि तपाईँ सबैको हो भने किन बेइमानी गर्नुभयो ?’ प्रश्न गर्दै नेता साहले भने ।

साथै, यातायातमा वृद्ध, वृद्धा र विद्यार्थीहरूलाई काठमाडौँमा मात्रै छुट उपलब्ध गराइएको उनले बताए । काठमाडौँ बाहिरका नागरिकहरूले पनि यातायातमा छुटको सुविधा पाउनुपर्ने उनले बताए । 

नेता साहले सरकारी उद्योगहरू घाटामा हुने र निजी उद्योगहरूले चाहिँ कर तिर्नुपर्ने अवस्था रहेको बताए । सरकारी उद्योगहरू सबै घाटामा जाँदा निजी उद्योगसँग कर लिनु उचित नहुने उनको भनाइ छ ।

‘म दुई तिहाइको सरकारलाई सोध्न चाहन्छु– तपाईँहरूले खोलेको सरकारी उद्योग घाटामा छ । तपाईँहरूले चलाएको ट्रेन घाटामा छ, तपाईँहरूले उडाएको प्लेन घाटामा छ । सरकारले घाटा गरिराख्न निजी कारोबार गर्ने व्यवसायीसँग ट्याक्स लिन मिल्छ कि मिल्दैन ? यदि सरकारको उद्योगमा घाटा छ भने व्यक्तिको उद्योगसँग ट्याक्स लिन मिल्छ कि मिल्दैन ? सरकारी हवाई क्षेत्रमा घाटा गरिराख्दा निजी एयरलाइन्ससँग ट्याक्स लिन मिल्छ कि मिल्दैन ?’ नेता साहले भने ।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार