काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले द्वन्द्वग्रस्त इरान र इजरायलमा रहेका नेपाली नागरिकमध्ये एक जना पनि स्वदेश फर्किन चाहे सरकारले उद्धार गरेर नेपाल ल्याउने बताएकी छन् ।>
>
शुक्रबार सिंहदरबारमा बसेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा, परराष्ट्र, गृह तथा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयबिचको छलफलपछि मन्त्री राणाले यस्तो जानकारी दिइन् ।>
‘हामीले इजरायल–इरानको युद्ध सुरु भएको दिनदेखि नै परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ,’ मन्त्री राणाले भनिन्, ‘फर्किन चाहने नेपालीलाई सरकारले सुरक्षित रूपमा ल्याउने तयारी गरिरहेको छ ।’>
उनका अनुसार सरकारले इरान र इजरायलमा रहेका नेपालीको विवरण संकलन गर्न पोर्टल सञ्चालनमा ल्याएको छ, जसमा अहिलेसम्म ६०३ जना नेपालीले विवरण भरेका छन् । तीमध्ये २० जनाले फर्किन चाहेको उल्लेख गरेका छन् ।>
‘इजरायलमा २ हजारभन्दा बढी नेपाली रहेको पाइएको छ । जो अवैधानिक रूपमा जानुभएका छन्, उनीहरूलाई पनि आइतबारबाट सञ्चालनमा आउने एपमार्फत रजिस्ट्रेशन गर्न आग्रह गर्छौँ,’ मन्त्री राणाले भनिन्, ‘सरकारसँग हरेक नागरिकलाई उद्धार गरेर ल्याउने क्षमता छ ।’>
छलफलमा उद्धार कार्यका लागि चार्टर फ्लाइटको समेत सम्भावना र तयारीबारे समेत छलफल भएको जानकारी दिँदै उनले भनिन्, ‘जोर्डनको काउन्सिलर विभागसँग पनि समन्वयमा छौँ, त्यहाँबाट निस्कने अनुमति पाएपछि फ्लाइटको व्यवस्था मिलाउन सकिन्छ ।’>
सरकारले भारतको परराष्ट्र मन्त्रालयलाई समेत पत्र लेखेर भारतीय उद्धार फ्लाइटमार्फत नेपाली नागरिक ल्याउन सहयोग गरिदिन अनुरोध गर्ने तयारी गरेको छ ।>
इजरायल र इरानबाहेक साइप्रस र जोर्डनबाट फर्किन चाहने नेपालीका लागि पनि समन्वय भइरहेको मन्त्री राणाले जानकारी दिइन् ।>
>
>
>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन