देवानगञ्ज (सुनसरी) । टोल–गाउँ बस्तीमा किसानहरूको आशा, अपेक्षा तथा सुझाव प्रत्यक्ष रूपमा संकलन गर्दै कोशी प्रदेश सरकारका नवनियुक्त उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय इस्राइल मन्सुरी ज्यूले किसानमुखी नीति तथा कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।>
साना किसान कृषि सहकारी संस्था लि. देवानगञ्ज–१, मध्यहर्षाहीको २० औं वार्षिक साधारण सभाको प्रमुख अतिथिका रूपमा सहभागी हुँदै मन्त्री मन्सुरी ज्यूले किसानको जीवनस्तर उकास्न सहकारीको भूमिका निर्णायक हुने बताउनुभयो। उहाँले उत्पादन, बजारीकरण, प्रविधि हस्तान्तरण तथा सहुलियत कर्जामा पहुँच बढाउन प्रदेश सरकारले ठोस पहल गर्ने उल्लेख गर्नुभयो।>
कार्यक्रममा मन्तव्य राख्दै मन्त्री मन्सुरी ज्यूले “किसानका समस्या कागजमा मात्र सीमित नराखी समाधानतर्फ लैजानु आजको आवश्यकता हो,” भन्दै टोल–बस्तीमै पुगेर किसानको आवाज सुन्ने अभियानलाई निरन्तरता दिने बताउनुभयो। सहकारीलाई पारदर्शी, उत्तरदायी र दिगो बनाउँदै साना किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य सरकारको रहेको उहाँको भनाइ थियो।>
साधारण सभामा स्थानीय जनप्रतिनिधि, सहकारीका पदाधिकारी, सदस्यहरू तथा किसानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले मल–बीउ, सिँचाइ, बजार सुनिश्चितता र मूल्य स्थिरताका विषयमा आफ्ना सुझाव राखेका थिए। कार्यक्रम आपसी संवाद, सुझाव आदान–प्रदान र सहकार्यको प्रतिबद्धतासहित सम्पन्न भएको छ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन