बिराटनगर । BUFFIN (Buffalo Initiative Network) को आयोजनामा उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा भैंसी पालनको सम्भाव्यता, अवसर तथा चुनौती विषयक उच्चस्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री मा. हिक्मत कुमार कार्की ज्यू, उद्योग, कृषि तथा सहकारी मन्त्री मा. इस्राईल मन्सुरी ज्यू तथा मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।>
>
छलफलका क्रममा भैंसी पालनलाई व्यावसायिक, दिगो र आम्दानीमुखी बनाउने सम्भावनाबारे विस्तृत विचार–विमर्श गरिएको थियो। सहभागीहरूले उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, बजार व्यवस्थापन, पशु स्वास्थ्य सेवा तथा किसानको क्षमता अभिवृद्धिमा केन्द्रित नीतिगत सुधार आवश्यक रहेको धारणा राखेका थिए।>
>
मुख्यमन्त्री कार्की ज्यूले भैंसी पालन प्रदेशको कृषि अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा लगानी, अनुसन्धान र किसानमैत्री कार्यक्रम विस्तार गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउनु भयो। त्यसैगरी मन्त्री मन्सुरी ज्यूले पशुपालन क्षेत्रलाई आत्मनिर्भर बनाउने दिशामा मन्त्रालयले दीर्घकालीन योजना र समन्वयात्मक कार्ययोजना अघि बढाइरहेको स्पष्ट पार्नु भयो।>
>
कार्यक्रमले भैंसी पालन क्षेत्रका अवसर र चुनौतीलाई स्पष्ट पार्दै आगामी दिनमा नीतिगत निर्णय र कार्यक्रम निर्माणका लागि महत्वपूर्ण आधार तयार गरेको सहभागीहरूले बताएका छन्।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन