सुनसरीमा शान्ति तथा सद्भाव समिति गठन गरिएको छ ।>
जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेकाे सराेकारवाला सम्मिलित बैठकले सामाजिक, शान्ति र सद्भाव कायम राख्न सद्भाव समिति गठन गर्ने लगायतका ४ बुँदे निर्णय गरेकाे छ । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेकाे संयाेजकत्वमा बसेकाे बैठकले धार्मिक सद्भाव कायम राख्ने,उच्छृङ्खल गतिविधि हुन नदिने, सद्भावमा खलल पुर्याउने कार्य गर्ने,गराउने उपर कानुनी कार्वाही गर्ने र शान्ति सुरक्षा र सद्भाव कायम राख्न सराेकारवालाहरूले जिम्मेवारीसाथ भूमिका वहन गर्ने लगायतका सहमति सहितका निर्णय गरेकाे हाे ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन