सुनसरी — जिल्लामा ग्यासको कालोबजारी बढेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले इनरुवास्थित ग्यास पसलहरूमा अनुगमन गरेको छ। अनुगमन समितिका संयोजक कृष्ण सुवेदीका अनुसार बजारमा कृत्रिम अभाव र कालोबजारीको सम्भावना जाँच्न विशेष अनुगमन गरिएको हो।>
अनुगमनका क्रममा इनरुवाका पाँचवटा पसलमा बिक्रीका लागि राखिएको सुविधा, प्रिमा, कामख्या र कोशी ब्रान्डका ग्यास सिलिन्डरको अवस्था जाँच गरिएको थियो। उद्योग वाणिज्य सङ्घ इनरुवाका उपाध्यक्ष गिरीराज अटलका अनुसार हाल इनरुवामा आवश्यकताअनुसार ग्यास उपलब्ध रहेको र कालोबजारी भएको प्रमाण फेला नपरेको बताए। उपभोक्ताले आवश्यक पर्दा पालो प्रणालीमार्फत ग्यास पाइरहेको पनि अनुगमनमा देखिएको उनले जानकारी दिए।>
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ तथा उपभोक्ता प्रतिनिधिहरूको सहभागिता रहेको थियो।>
यसैबीच जिल्ला प्रशासन कार्यालय सुनसरीले ग्यासका उत्पादक, वितरक र डिलरलाई अनावश्यक मौज्दात नराख्न, पालो प्रणालीमार्फत पारदर्शी वितरण गर्न, कृत्रिम अभाव सिर्जना नगर्न र बजार मूल्यभन्दा बढी नलिन कडा निर्देशन दिएको छ। साथै खरिद–बिक्रीको विवरण व्यवस्थित रूपमा राख्न पनि भनिएको छ।>
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेले प्रशासनको निर्देशन उल्लङ्घन गर्ने जो–कोहीमाथि कानुन अनुसार कडा कारबाही हुने चेतावनी दिएका छन्।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन