इनरुवा ।>
वाणिज्य बचत तथा ऋण सहकारी संस्था लि., इनरुवा–१, सुनसरीद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय इस्राईल मन्सुरीज्यूको गरिमामय उपस्थिति रहेको छ।>
कार्यक्रममा मन्त्री मन्सुरीज्यूलाई औपचारिक रूपमा स्वागत एवं सम्मान गरिएको थियो। सम्मान ग्रहण पश्चात् मन्तव्य राख्दै उहाँले आयोजक संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। साथै, सहकारी क्षेत्रको सुदृढीकरण, सदस्यहरूको आर्थिक सशक्तीकरण तथा प्रदेशस्तरमा सहकारी विकासलाई अझ प्रभावकारी र दिगो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।>
मन्त्रीज्यूले सहकारी अभियानले स्थानीय अर्थतन्त्र मजबुत बनाउने, आत्मनिर्भरता बढाउने र समावेशी विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सरकार सहकारी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने स्पष्ट पार्नुभयो।>
उक्त कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्यहरू तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन