दुहवी । फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका वरिष्ठ नेता विजयकुमार गच्छदारले चुनावी प्रतिस्पर्धालाई सकारात्मक, मर्यादित र विचार केन्द्रित बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।>
>
आज नेपाली कांग्रेस दुहबी नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गच्छदारले आफूले कुनै पनि उम्मेदवारको विरोध नगर्ने स्पष्ट पार्दै मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह रुख छापमा मतदान गर्न आग्रह गर्नुभयो।>
>
उहाँले मुलुक अहिले आर्थिक, सामाजिक र राजनीतिक रूपमा विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा लोकतान्त्रिक स्थिरता, सुशासन र समावेशी विकासका लागि नेपाली कांग्रेसको बहुमत अपरिहार्य रहेको बताउनुभयो। त्यसका लागि सुनसरी क्षेत्र नम्बर ३ बाट कांग्रेसलाई निर्वाचित गराउन मतदाताको सक्रिय साथ आवश्यक रहेको उहाँको भनाइ थियो।>
>
चुनावी प्रतिस्पर्धालाई आरोप प्रत्यारोपको विषय बनाउनु उपयुक्त नहुने जनाउँदै गच्छदारले अन्य दलका उम्मेदवारहरूको विरोध गर्नुको कुनै औचित्य नरहेको स्पष्ट गर्नुभयो। आफू निर्वाचित भएमा यस क्षेत्रको समग्र विकासको मुहार फेरिने दाबी गर्दै उहाँले पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।>
>
गच्छदारले यसपटकको निर्वाचनलाई अधुरा विकासका कामहरू पूरा गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै जनताको विश्वास र मायाले आफूलाई जिम्मेवारी दिने अपेक्षा गर्नुभयो। “जनताको आशीर्वाद नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” भन्दै उहाँले सबै मतदातालाई रुख छापमा मतदान गरी विजयी बनाउन अपिल गर्नुभयो।>
>
हाल विजयकुमार गच्छदार चुनावी अभियानलाई तीव्र बनाउँदै निरन्तरता दिदैं घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको छ। क्षेत्रका सबै तहमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उहाँ जनताका समस्या, चाहना र सुझाव संकलन अपेक्षा र सुझाव सुन्दै आफूले जिम्मेवारी पाएपछि ती अपेक्षालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँ व्यस्त हुनुहुन्छ।>
>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन